Sat. Oct 19th, 2024

करेन्ट लागेर दाजु-भाइको मृत्यु, आमा-छोरा घाइते   

जनकपुरधाम, २०७९ असोज २० गते बिहीबार । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु-भाइको मृत्यु भएको छ भने आमा-छोरा घाइते भएका छन् ।

आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका-२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते दुवैजनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिनुभयो ।

करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् । आमा-छोराको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments