Sat. Oct 19th, 2024

सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ   

काठमाण्डौं, २०७९ असोज २० गते बिहीबार । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उहाँलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाण्डौं प्रहरी वृत्तका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अहिले लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । पीडित बालिकाले प्रहरी वृत्त, गौशालामा बलात्कारको जाहेरी दिएकाले उहाँलाई त्यहीँ लगिएको हो । लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने बताइएको छ ।

लामिछाने विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफुलाई लामिछानेले बलात्कार गरेको जाहेरी दर्ता गराउनु भएको थियो । उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न नेपाल बाहिर जानुभएको थयो । रासस

Facebook Comments