Sat. Oct 19th, 2024

निर्वाचनको चहलपहल: सप्तरी-२ बाट लोसपा अध्यक्ष ठाकुर सिफारिस

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २२ गते बुधबार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सिफारिस गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा सम्पन्न भएको क्षेत्रीय भेलाबाट उहाँको नाम सिफारिस गरिएको हो । त्यस्तै प्रतिनिधिसभा प्रत्यक्षतर्फ लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुरको नाम पनि सिफारिस गरिएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ दुलारीदेवी खङ्ग, अमरकान्त झा, लिला गुप्ता, पवित्री देवी र हेम मिश्रको नाम सिफारिस भएको छ ।

प्रदेशसभाका सदस्यका लागि क्षेत्र नम्बर २ (क) बाट प्रत्यक्षतर्फ विनोदकुमार सिंह र सरोज मण्डल तथा समानुपातिकतर्फ उषाकुमारी मण्डल, केशवकुमार झा, विनोदकुमार मण्डल, रिका मेहता, विनोदकुमार सिंह, भोलाप्रसाद मुखिया, लक्ष्मीप्रसाद मण्डल, विनादेवी राय र मालती सदाको नाम सिफारिस भएको छ ।

प्रदेशसभा सदस्यका लागी क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फ शैलेश चौधरी, शम्भुप्रसाद यादव र शरदसिंह यादव तथा समानुपातिकतर्फ पुनमकुमारी यादव, रेणुकुमारी मण्डल र उजला सरवरियाको नाम सिफारिस भएको पार्टीले जनाएको छ ।

Facebook Comments