Sat. Oct 19th, 2024

चीनको सछ्वान प्रान्तमा भूकम्प, २१ जनाको मृत्यु

भिओके समाचार/ काठमाण्डौं, २०७९ भदौं २० गते सोमबार । चीनको सछ्वान प्रान्तको कान्ची तिब्बती प्रिफेक्चर लुडिङ जिल्लामा आज गएको भूकम्पबाट २१ जनाको मृत्यु भएको छ ।

आज दिउसो स्थानीय समय अनुसार १२:५२ बजे गएको ६.८ रिक्टर स्केलको भूकम्पमा परी ३० जना भन्दा धेरै घाईते भएको सीआरआईले समाचारमा उल्लेख गरेको छ ।

भूकम्पका कारण खानेपानी, विद्युत, यातायात, सञ्चारलगायतका केही पूर्वाधारमा पनि क्षति पुगेको जनाइएको छ।

यसैबीच चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो भूकम्पबारे महत्वपूर्ण निर्देश दिँदै जीवन बचाउनुलाई प्राथमिक कार्यमा राख्न, प्रकोपग्रस्त क्षेत्रका सर्वसाधारणलाई उद्धार गर्न र हताहत कम गर्न आग्रह गर्नुभएको छ।

भूकम्पपछि राज्य परिषद अन्तर्गत भूकम्प प्रतिरोध तथा उद्धार मुख्यालय एवम् आपत्‌कालीन व्यवस्थापन मन्त्रालयले तुरून्तै राष्ट्रिय भूकम्प आपत्‌कालीन प्रतिक्रिया स्तर ३ थालेका छन्। चीनको अर्थ मन्त्रालय लगायतका सम्बद्ध विभागहरूले सम्पूर्ण रूपमा आपतकालीन उद्धार र प्रभावित मानिसहरूको उद्धार कार्यका लागि सोही दिन सछ्वान प्रान्तलाई ५ करोड युआन बराबर केन्द्रीय प्राकृतिक प्रकोप राहत कोष छुट्याएका छन्।

५ तारिख दिउँसो ४ बजेसम्म, आपतकालीन व्यवस्थापन मन्त्रालयले राष्ट्रिय व्यापक अग्नि उद्धार टोलीका ११०० भन्दा बढी सदस्यहरू, सुरक्षा उत्पादन आपतकालीन उद्धार टोलीका ५० जना सो क्षेत्रमा पठाइसकेको छ। साथै प्राकृतिक प्रकोप इन्जिनियरिङ उद्धार केन्द्रहरूले ९८ जना सदस्य, ३१ सेट उपकरणहरू, र १ थान उद्धार हेलिकप्टर पनि भूकम्प पीडित क्षेत्रमा पठाएको छ।  यसका अतिरिक्त, आपतकालीन व्यवस्थापन मन्त्रालयले छोङछिङ, कान्सु, कुइचौ, युन्नान, छिङहाई र सछ्वान प्रान्त वरपरका अन्य क्षेत्रका आगलागी उद्धार टोली एवम् चीन भूकम्प उद्धार टोलीका ३६०० व्यक्तिहरू र ७० भन्दा बढी खोज र उद्धार कुकुरहरू पठाएको छ।

Facebook Comments