Sat. Oct 19th, 2024

बाढी र पहिरोको उच्च जोखिममा परेको पाकिस्तानमा चीनद्वारा मानवीय सहायता

काठमाण्डौं, २०७९ भदौं १५ गते बुधबार । बाढी पहिरोको उच्च जोखिममा परेको पाकिस्तानमा चीनले मानवीय सहायता पुुर्याएको छ ।

मानवीय सहायता सामग्री बोकेको चिनियाँ विमान मंगलबार दिउँसो पाकिस्तानको दक्षिणी सहर कराचीमा पुगेको छ। यी सामग्री बाढीपीडित पाकिस्तानी जनतालाई बाढीको प्रतिरोध गर्न सहयोग गरिएको हो । पाकिस्तानका लागि चिनियाँ राजदूत नूङ रूङले विमानस्थलमा आयोजित मानवीय उद्धार सामग्री हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै चीन र पाकिस्तान कठिनाइ र दुःखको साझा रूपमा सामना गर्ने साँच्चिकै साथी र दाजु–भाइ भएको बताउनु भयो । साथै उहाँले दुवै देशबीच एकअर्कालाई सहयोग गर्ने परम्परा रहेको बताउनु पनि बताउनु भयो ।

सीआरआईका अनुसार चीन सरकारले पाकिस्तानलाई १० करोड युआनको आपतकालीन मानवीय उद्धार सामग्री प्रदान गर्ने घोषणा गरिसकेको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले चीनको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ।

Facebook Comments