Sat. Oct 19th, 2024

समाजवादी युवाको महाकाली-मेची अभियान सुरु

काठमाण्डौं, २०७९ भदौं १६ गते बिहीबार । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको चुनाव केन्द्रित महाकाली-मेची अभियान बुधवारबाट सुरु भएको छ ।

भादै २४ गतेसम्म चल्ने अभियानको पार्टी कार्यालय तीनकुनेमा अध्यक्ष माधव नेपालले राष्ट्रिय झण्डा र पार्टीको झण्डा हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको हो ।

जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचार विरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको समाजवादीले जनाएको छ ।

अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष नेपालले स्थानीय तहमा दिएको मतका लागि जनतालाई धन्यवाद दिनुपर्ने र आगामी निर्वाचनमा पनि साथ दिन आग्रह गर्नुभयो । उहाँले सिट बाँडफाँटमा तलमाथि भए मान्य नहुने स्पष्ट पार्नुभयो । फाइदा हुने भए मात्रै गठबन्धन हुने भन्दै फाइदा नभए कसैको भर्‍याङ मात्र नहुने उहाँको भनाइ छ ।

‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिस्कार’ भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो । महाकालीबाट यात्रा सुरु गर्ने र मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ ।

Facebook Comments