Sat. Oct 19th, 2024

माओवादी केन्द्रद्वारा २१ सदस्यीय पदाधिकारीको टुंगो, महासचिवमा देवप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ४ गते शनिबार । नेकपा माओवादी केन्द्रले निक्कै लामो कसरत पछि २१ सदस्यीय पदाधिकारीको टुंगो लगाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारीको टुंगो लगाएको हो ।

प्राप्त जानकारी अनुसार स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको छ। त्यसैगरी पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा हुनु भएको छ । महासचिवमा गुरुङ र उपमहासचिवमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, पम्फा भुसाल र मात्रृका यादव चयन हुनु भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

प्राप्त जानकारी अनुसार स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको छ। त्यसैगरी पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा हुनु भएको छ । महासचिवमा गुरुङ र उपमहासचिवमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, पम्फा भुसाल, शक्ति बस्नेत र मात्रृका यादव चयन हुनु भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको नाम पारित भएको छ । यस्तै, कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको छ ।

बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय प्रदेशसभा र प्रतिनिधिसभा चुनावको घोषणा पत्र मस्यौदा समिति समेत बनाएको छ ।

Facebook Comments