Sat. Oct 19th, 2024

पछिल्लो चौबिस घण्टामा २ सय ९९ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाण्डौं, २०७९ भदौं ४ गते शनिबार । बितेको २४ घण्टामा थप नेपालमा २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्थास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ३ सय ३७ जनामा गरिएको नमूना परीक्षणमा २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ५ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

Facebook Comments