Sat. Oct 19th, 2024

सान्चेज पिएसजीमा

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २० गते शुक्रबार । पोर्चुगिज मिडफिल्डर रेनाटो सान्चेज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित हुनु भएको छ । सान्चेज अर्को लिग–१ क्लव लिलबाट १५ मिलियन युरोमा टिममा भित्राएको हो ।
क्लव र सान्चेजबिच पाँच बर्षको सम्झौतामा हस्ताक्षर भएको छ । लिलमा सान्चेजको कराकर अझै एक बर्ष बाँकी रहेपनि उहाँले पिएसजी रोज्नु भएको छ ।

२४ वर्षीय सान्चेज पोर्चुगिज क्लब बेन्फिकाबाट युवा स्टार खेलाडीको रुपमा चर्चामा आएपछि २०१६ मा ३५ मिलियन युरोमा जर्मन क्लब बायर्न म्युनिखमा आवद्ध हुनु भएको थियो ।
चार सिजन बायर्नमा विताउनु भएका सान्चेजले जर्मन महारथीका लागि ५३ खेल खेल्दा दुई गोल गर्नु भयो । बायर्नमै रहँदा उहाँले एक सिजन लोनमा स्पान्सी सिटीका लागि समेत खेल्नु भएको थियो । त्यसपछि सान्चेज २०१९–२० को सिजनमा लिलमा सामेल हुनु भएको थियो ।
सान्चेजले लिलका लागि ९१ खेलमा ७ गोल गर्नु भएको छ । २०१६ मा पोर्चुगलका लागि अन्तर्राष्ट्रय डेब्यू गर्नु भएका सान्चेजले आफ्नो देशका लागि ३२ खेल खेल्दै ३ अन्तर्राष्ट्रिय गोल गर्नु भएको छ ।

Facebook Comments