Fri. Apr 24th, 2026

नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको विमान आपतलीन अवतरण

       

भिओके समाचार/ काठमाण्डौं, २०७९ साउन १९ गते बिहीबार । नेपालगञ्जबाट काठमाण्डौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन‐एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।

बायाँ इन्जिनमा धूवाँ देखिएपछि १० माइल उडेको विमान सोही विमानस्थलमा फर्काइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार विमानको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।

अहिले विमान सुरक्षित अवतरण भएको छ । विमानमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read