Fri. Apr 24th, 2026

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते

       

भिओके सम्वाददाता/ काठमाण्डौं, २०७९ साउन १९ गते बिहीबार । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको  चुनावको मिति घोषणा गरेको छ ।  आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले  मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकै चरणमा गर्ने निर्णय गरेको हो। सरकारले चुनावको मिति घोषणा गर्न ढिलाइ गरिरहेको गुनासो आइरहेको बेला यो मिति तोकिएको हो ।

बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले बिहीबार चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साताका लागि चुनाव घोषणा गरिए आयोगलाई पर्याप्त समय हुने धारणा राखेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read