Sat. Oct 19th, 2024

करेन्ट लागेकी श्रीमतीलाई बचाउन खोज्दा श्रीमान-श्रीमतीकै मृत्यु

काठमाण्डौं, २०७९ साउन १७ गते मंगलबार । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षिय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिनुभएको छ ।

त्यस्तै बासु गाहा मगरकी भाउजु २७ वर्षीया भिमा गाहा मगर घाइते हुनुभएको छ । घाइतेको प्रस्तावित भालुवाङ अस्पतालमा उपचारपछि डिस्चार्ज भएको प्रहरी निरिक्षक शाहले जानकारी दिनुभयो ।

घरभित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फाले पछि के भएको हो भनी देउरानी हिमाले विद्युतको तार छुँदा करेन्ट लागेको थियो ।

करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान बासुले काँचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुडिएर उनको शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमा मृत्यु हुन पुगेको राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी ( अनुप) ले जानकारी दिनुभयो । नेपाल टेलिभिजन

Facebook Comments