Sat. Oct 19th, 2024

बाइडेन फेरि कोरोना संक्रमित

 काठमाण्डौं, २०७९ साउन १५ गते आइतबार । अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि कोरोना संक्रमित हुनु भएको छ ।  चार दिनअघि मात्रै कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनु भएका बाईडेनको शनिबार गरिएको परिक्षणमा पुन कोरोना सकारात्मक देखिएको हो ।

बाइडेन आइसोलेसनबाट मुक्त भएको दोस्रो दिन पुन संक्रमित हुनु भएको हो । ह्वाइट हाउसका चिकित्सक डा केभिन ओकोनरका अनुसार बाइडेनमा यस पटक कुनै लक्षण नदेखिएको र उहाँ स्वस्थ भएको बताइएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका दिशानिर्देशका अनुसार बिडेन फेरि कम्तिमा पाँच दिन आइसोलेसनमा बस्नु पर्नेछ । एजेन्सी

Facebook Comments