Fri. Oct 18th, 2024

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता   

काठमाण्डौं, २०७९ जेठ २३ गते सोमबार ।  प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच हिजो (आइतबार) भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

भेटमा उहाँहरूबीच नागरिकतालगायत विचाराधिन विधेयकहरू तथा उपसभामुख चयनका विषयमा छलफल भएको जनाइएको छ ।

Facebook Comments