Fri. Oct 18th, 2024

सेनाले बोक्ने प्रकृतिका अस्त्रमाथि प्रतिबन्ध लगाई हतियार किन्ने उमेर बढाउन बाइडनद्वारा आह्वान

काठमाण्डौं, २०७९ जेठ २० गते शुक्रबार । अमेरिकी राष्ट्रपति जो बाइडनले बन्दुकका कारण हुने हिंसा र “हत्याकाण्ड” रोक्नका लागि घातक खालका अस्त्रहरू र उच्च क्षमताका म्यागजिनहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने बताउनु भएको छ ।

ह्वाइट हाउसबाट “प्राइम टाइम” अर्थात् सबैभन्दा धैरेले टेलिभिजन हेर्ने समयमा राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताउनु भयो ।

अमेरिकी कङ्ग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके ती हतियार खरिद गर्ने उमेर १८ बाट २१ वर्ष पुर्‍याउनुपर्ने बाइडनको भनाइ छ।

देशमा भएका श्रृङ्खलाबद्ध गोलीकाण्डहरूपछि राष्ट्रपति बाइडनको उक्त भनाइ आएको हो।

ह्वाइट हाउसबाट बोल्दै उहाँले बन्दुक खरिदकर्ताहरूको पृष्ठभूमि जाँचलाई ख्याल गर्न आह्वान गर्नुभएको छ ।

त्यस्तै देशव्यापी रूपमा ‘रेड फ्ल्याग ल’ को विस्तारमा पनि उहाँले जोड दिनुभयो।

त्यस्तो कानुनले कुनै पनि हतियारधारी व्यक्तिद्वारा अरुमाथि वा आफैँमाथि पनि खतरा भएको ठानिएमा त्यस्ता व्यक्तिसँगको हतियार उसबाट खोस्ने आदेश दिन अदालतहरूलाई अनुमति दिन्छ। बीबीसी

Facebook Comments