Fri. Oct 18th, 2024

विराटनगरका नवनिर्वाचित मेयर नागेश कोइरालाद्वारा करको दर घटाउन निर्देशन

काठमाण्डौं, २०७९ जेठ ९ गते सोमबार । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले पदभार सम्हाल्दै करको दायरा बढाउने र करको दर घटाउनका लागि परामर्श समितिलाई निर्देशन दिनुभएको छ ।

कोइरालाले आफूले निर्वाचनका बेला घोषणा पत्रमार्फत महानगरले उठाउने करको दर घटाउने र दायरा बढाउने विषयमा गरेको प्रतिबद्धता पूरा गराउन पहिलो दिनबाटै काम थालनी गरेको बताउनुभयो । करको दर घटाउने विषयमा कार्यपालिकामा प्रस्ताव लैजाने गरी गरिएको निर्णयमा कोइरालाले हस्ताक्षर गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हरेक आर्थिक वर्षमा महानगर सभाले करको दर र दायरा तय गर्ने गरेको छ । त्यो सभामा लैजाने गरी स्थानीय कर तथा राजश्व समितिले तयार गरेको प्रस्तावमा कोइरालाले हस्ताक्षर गर्नुभएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुसार राजस्व परामर्श समिति उपप्रमुखको संयोजकत्वमा सात सदस्यीय हुनेछ । समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाले तोकेका एक महिलासहित दुई सदस्य निजी क्षेत्रका दुई जना प्रतिनिधि सदस्य र राजस्व महाशाखा प्रमुख समितिको सदस्य सचिव हुनेछन् । हाम्रोमत अनलाईनका अनुसार नगरसभाले मात्रै घरको दायरा बढाउने र कर घटाउने निर्णय गर्ने भएकाले अहिले परामर्श समितिले थप गृहकार्य गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताउनु भयो ।

सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेशन कर, सवारी साधन कर, भूमि कर९मालपोत०, मनोरञ्जन कर, विज्ञापन कर, व्यवसाय कर र होडिङ बोर्ड कर उठाउने अधिकार स्थानीयतहलाई दिएको छ । कोइरालाले सबैलाई एकै साथ समेटेर अगाडि बढ्ने समेत बताएका छन ।

Facebook Comments