Fri. Oct 18th, 2024

हर्क साम्पाङ्गलाई सामाजिक सञ्जालमा बधाई र शुभकामनाको ओइरो

- कोही नहुनेका भगवान हुन्छन् भन्थे हो रहेछ भन्छन् धराने जनता...............

काठमाण्डौं, २०७९ जेठ ९ गते सोमबार । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ्गलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई र शुभकामनाको ओइरो लागिरहेको छ । जीवनका पछिल्ला दश वर्ष धराने जनताका दैनिकीसँग जोडिएका न्यायोचित मुद्दामा स्पष्ट अडान, लौह दृष्टि र धरानप्रतिको समर्पणले उहाँको परिचय एक सामाजिक अभियन्ताबाट सिंगो धरान नगरवासिको अभिभावकमा बदलिएको छ ।

२० हजार ८ सय २१ मत प्राप्त गरी मेयरपदमा निर्वाचित भए लगत्तै सामाजिक सञ्जाल फेसबुकमा हर्क साम्पाङ्ग राईलाई सम्बोधन गर्दै लेखिएका सामाजिक सञ्जालका केही अंश यहाँ प्रस्तुत गरिएको छ :

सफलता देखिन्छ तर संघर्ष देखिँदैन ! हरेक सफलताको पछाडि ठूलो संघर्ष लुकेको हुन्छ !

चुनावमा हामीले देखेका छौं, एउटा अटोमा माइकिङ गर्दै ऊ प्राय एक्लै हिँड्थ्यो, धरानका चोकहरूमा, गल्लीहरूमा । आफ्नो पर्चा आफै बाँड्थ्यो, आफ्नो भोट आफै माग्थ्यो । विद्रोहका गीत लेख्यो र गितार बजाउँदै चोकहरूमा गाउँदै हिँड्यो । उसले तिर्खा लागेको गीत लेख्यो र गायो, उसले हक नपाएको गीत लेख्यो र गायो । हर्क साम्पाङ चुप लाग्न जानेन। उसलाई आफ्नो आवाजले कति फरक पार्यो र पारेन पनि शायद हिसाब गर्न आएन तर उसले चुप लाग्न जानेन । हर्क साम्पाङ, हामीले देखेको विद्रोही हो ।

आज यो विद्रोहले एउटा मोड लिएको छ। एउटा मान्छेलाई विश्वास थियो कि उभिएर एकपट्टि एक्लै, जित्न सकिन्छ यो युद्ध र फेर्न सकिन्छ यो स्थिति। आज उसको त्यो विश्वासमा, धरानले पनि विश्वास गरेको छ फलतः आज उनी विजयी भएका छन् । यो लगाव, यो निरन्तरता अनि यो सफलताको निम्ति हर्क साम्पाङ्गलाई हार्दिक बधाई । नेपाली न्यूज

………………………………………………………………………………………………………………………

यसपटकका चर्चित स्वतन्त्र उम्मेदवार : धरानका हर्क साङपाङ, काठमाडौंका बालेन साह र धनगढीका गोपाल हमालले ओडेको राष्ट्रिय झन्डाले राजनीतिका स्थायी ठेकेदारको ‘गर्वगृह’ हल्लाउने संकेत गरयो है !!!  – केदार खड्का

………………………………………………………………………………………………………………………..

हर्क साम्पाङ साँच्चिकै एउटा ज्याद्रो आन्दोलनकारी मान्छेको नाम हो। मैले चाहिँ सर्दु जलाधार संरक्षणको आन्दोलन ताकादेखी चिनेको हो उहाँलाई। प्रचलित राजनितिभन्दा फरक तरिकाले एक्लै तर निरन्तर जनजिविकाको सवालहरुमा डटिरहने एक्लो बृहस्पति उहाँलाई निक्कै ठूलो आशा र भरोसा सहित धराने मतदाताले ती सवालहरु समाधान गर्न सक्ने स्थानमा पुर्‍याएका छन्।

यो नतिजाले राजनैतिक पार्टिहरुले आफुलाई निक्कै ठूलो करेक्सन गराउनुपर्ने आवस्यक्ता देखिएको छ। अबका मतदाताहरु रैती होईनन् वास्तविक निर्णायक शक्ति हुन भन्ने आभास हुन जरुरी छ।

गठबन्धनबाट उठाईएका उम्मेद्धार खेलकुद क्षेत्रमा बदनाम पात्र हुन् भने एमालेकी उम्मेद्धार अघिल्लो कार्यकालको कार्यबाहक मेयरमा सम्बेदनशिल बिषयमा बिबादित पात्र हुन्। यी दुबै पक्षले सहि उम्मेद्धार नभएर होईन नचाहेर उठाएनन्। जनप्रीय भन्दा नेताप्रीय पात्रहरुलाई उम्मेद्धार बनाएपछी मतदाताहरुले पार्टिहरुलाई आफ्नो तागत देखाईदिएका छन्।

हर्क साम्पाङ्हरु ब्यक्तिको बिकल्प हुन ब्यबस्थाको होईनन्। राजनैतिक पार्टिहरुले आफ्नो स्वभाव बदलेनन् भने जरुर यो ब्यबस्थामाथी प्रश्न गर्न कैयौँ हर्कहरुको उदय भने हुने नै छ।

आशा छ साम्पाङ् दाईले अहिले भनिरहे जस्तै, “म कहिल्यै बद्लिन्न, तर धरान बदलेरै छाड्छु।” भन्ने प्रतिबद्धतामा अडिएर काम गर्नुहुनेछ। निष्ठा र ईमानको पाठ सिकाउनुहुनेछ भन्ने बिस्वासका साथ हार्दिक बधाई। – दिलिप वान्तवा

……………………………………………………………………………………………………………………….

हार्दिक बधाई तथा अग्रिम शुभकामना #हर्क_साम्पाङ_राई दाजु ।

जुन बेला हजुरलाई पागल को उपनाम दिएका थिएँ र पनि हजुरले धरानको जनताको समस्या बेथिति र भ्रष्टाचार विरुद्ध मा आवाज उठाउदा झुटो आरोपमा थुनामा पनि राखियो तर हजुरले कहिल्यै हार मान्नु. भएन धरान बासीहरुको समस्या लाई आफ्नै समस्या मानेर लडिरहनु भयो त्यसैले आज धरान बासीहरुले हजुर लाई आत्मा विश्वास गरि आत्यधिक मतले नगर प्रमुखमा विजयी गराका छौ । 

तपाइको प्रतिवद्धता पुरा गर्नको लागि सम्पूर्ण धरान बासीहरु तपाइको साथमा रहने छौ र कार्यसफलताको लागि फेरि
शुभकामना । -खुसी मेवाहाङ

…………………………………………………………………………………………………………………..

अब भ्रष्ट र चम्चे दलालहरुले धरान छोडेर गए हुन्छ कित सुध्रनु पर्छ अरु बिकल्पै छैन नत्र खान्छन लौरो ।
A huge respect to #Harka_Sampang_Rai & Solute to his one and only revolution.
धरान उपमहानगरपालिकाका मेयर पदका आगि स्वतन्त्र उम्मेदवार दिएर अत्याधिक मतले निर्वाचित भइ विजयी हुनु भएका एक स्वतन्त्र र अटल व्यक्तित्व #हर्क_साम्पाङ_राई ज्युलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना। – विजय प्रधान

………………………………………………………………………………………………………………………

“दाउरो भनेर कमजोर नसम्झ-
ठुल्ठुला प्रहार पनि छेक्न सक्छ !
लौरो भनेर कमजोर नसम्झ-
बलियाको ढाडपनि सेक्न सक्छ !!”
www.gajureal.com
Congratulation Harka Sampang-हर्क साङपाङ राई समर्थक, नगर प्रमुख, धरान – Manoj Gajurel
rdtonesi312067h11 •

………………………………………………………………………………………………………………………………..

हार्दिक बधाई तथा सफल कार्यकालको कामना दाई

कुनै समय थियो धेरैले पागलको उपनाम समेत दिए, केहि पत्रकार बन्धुहरूले चिन्दैन थिए, धराने जनताको समस्या र बेतिथी अनि भ्रष्टाचारको बिरुद्धमा आवाज ऊठाऊदा झुटो आरोप लगाएर थुनियो तर कहिल्यै हिम्मत हार्नुभएन । धरानबासीहरूको समस्यालाई आफ्नै समस्या ठानि लडिरहनुभयो त्यसैले, आज हामी सम्पूर्ण धराने जनताहरूले पनि तपाईलाई विश्वास गरी नगर प्रमुखको लागी अत्यधिक मतले विजयी गराएका छौं ।

तपाईको प्रतिबध्दताहरू पुरा गर्नकोलागी हामी संपूर्ण धरानबासीहरू तपाईको साथमा रहनेछौं किनकी ति संपूर्ण प्रतिबद्धताहरू हामी धरानबासीहरूको समस्याहरू हुन् । अब हामी बनाउँछौं हाम्रो धरान ।।
धरानमा इतिहास रच्न सफल Harka Sampang A Revolution

Purna Sampang
pon178u4ah0i5c67f27ma •

………………………………………………………………………………………………………………………………………….

असीम बधाई तथा शुभकामना!!
Harka Sampang A Revolution
यो एउटा क्रान्ति हो, भ्रष्टहरु विरुद्धको, सिस्टम विरुद्ध अनि पार्टीका विरुद्ध!!

काम गरे न कुनै भोजभत्तेर, न कसैलाई पेट्रोल खर्च, आफू एक्लै चुनाव प्रचारप्रसारमा हिडेर पनि चुनाव जित्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन योद्धा “हर्क साम्पाङ राई”।

Basnet Kishor
deo8m35u055a7tat62f401c7 •

……………………………………………………………………………………………………………………………………………

ठुला बडा राजनीति पार्टीलाई जनताको मन कसरी जित्नु पर्छ र राजनीति कसरी गर्नु पर्छ भन्ने राम्रो पार्ट सिकाउनु भयो। धरान जस्तो ठूलो शहरमा जित्नु भयो बधाई छ दाई। आउने दिनमा प्रधान मत्री हुने हिसाबले काम गर्नुस शुभकामना!

Anil Koyee Rai

…………………………………………………………………………………………………………………………………………..

नेपालि राजनितिमा सिध्दान्त को राजनिति सकिएपछि अब नेपालि जनताले जन्माउने देशको सपुत भनेको बालेन अनि हर्क हरु हुन | १२ बर्स बन्दुकले राजनिति अनि परिवर्तन परिकल्पना गर्नेहरुलाई लौरोले पनि परिवर्तन गर्न सकिन्छ भन्ने चोटिलो जबाफ पनि पाईसके भन्ने कुरा बुज्नेले बुजिसकेको हुनुपर्दछ | रुख र सुर्य चिन्ह्को ब्राण्ड भेल्लु जनताले सकेसम्म तिरेकै हुन अब ईतिहास बोकेका दलहरु ईतिहास बन्ने कुरा पक्का भएको मैले अनिभुति गरिसके | अबको नेपाली जनताले सुन्दर, शान्त नेपाल निर्माण गर्न आफैबाट सुरु गरिसकेका छन । हिम्मतिला देशका सपुतहरु लाई सलाम । जय मातृभूमि ! Santos Subba
…………………………………………………………………………………………………………………………………………………..

………………………………………………………………………………………………………………………………………………….

१- शयौ झोले कार्यकर्ता अघि पछि खै?
२- लाखौँ को सजिसजाउ स्टेज खै?
३- भि आइ पि करोडौं पर्ने चिल्ला गाडी को लावालस्कर खै?
४- ध्वोजा पताका खै?
५- झन्डा र ब्यानर खै?
६- अर्कालाइ गाली गर्दा परर ताली पड्काउने भिड खै?
७- लाखौ लाख तिरेर ल्यायको फाइन साउन्ड सिस्टम खै?
८- अँ साँची, पैशा बाढ्न लाई पैशा लिन आउने मान्छे पनि देख्दिन!!
( धरान का जनता लाई सलाम “जनता” बन्नु भयको मा!!!! सलाम हर्क साम्पाङ्ग ज्यु, तपाईं म जस्ता देश लाई मायाँ गर्ने लाखौ नेपाली जनता को आइडल र भरोषा हुनुहुन्छ, कशैको भरोषा टुट्न न दिनु होला, अनि ठुला ठुला राजनीतिक दल का ठुला नेता हरुलाइ तँपाइले दिनु भयको यो चड्कन ले उनिहरु सुध्रने मौका पाउन, र तपाइँको यो क्रान्ती लाखौ लाख बन्दुक को नाल बाट निस्कने बारुद भन्दा पनि शक्तिसाली छ!! सलाम !! )

Deepak Prasad Acharya

Facebook Comments