Fri. Oct 18th, 2024

काठमाण्डौंमा बालेन्द्र साहलाई १७ हजार ९ सय ६ मतको अग्रता

भिओके सम्वाददाता/ काठमाण्डौं, २०७९ जेठ ९ गते सोमबार । काठमाण्डौं महानगरपालिकाका लागि मेयरपदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको लौरोले दम्दार चमत्कार मात्र देखाईरहेको छैन बरु उ अझ पनि दिन दुईगुना राता चारगुनाको दरले शक्तिशाली समेत देखिएको छ ।

पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १७ हजार ९ सय ६ मतको अग्रता् लिनुभएको छ । साहले ४३ हजार ८ सय ५० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटत्तम प्रतिद्वन्दी रहँदै आउनु भएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित तोश्रो स्थानमा पुग्नु भएको छ । स्थापीतले २५ हजार ५९ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सिर्जना सिंह अहिले दोश्रो स्थानमा उक्लन सफल हुनुभएको छ । सिंहले २५ हजार ९ सय ४४ मत प्राप्त गर्नुभएको छ ।

काठमाण्डौंमा मात्र नभएर यत्तिवेला देशका अधिकांश क्षेत्रमा र विदेशमा रहेका नेपालीहरुकाबीचमा पनि बालेन्द्र शाह र उहाँको चुनाव चिन्ह लौरोको व्यापक चर्चा भैरहेको छ । मतगणनास्थल बाहिर सैयौं सर्वसाधारण बालेन्द्र साहको पक्षमा नारा लगाईरहेका छन् भने हजारौं नगरवासी साहको विजयको कामना गरिरहेका छन् ।

Facebook Comments