Fri. Oct 18th, 2024

विराटनगर महानगरपालिका वडा नं.८ का वडाअध्यक्षमा एमाले उम्मेदवार राम पोख्रेल प्यानलैसहित विजयी

विराटनगर, २०७९ जेठ ९ गते सोमबार । विराटनगर महानगरपालिका वडा नम्वर ८ को वडाअध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार राम पोख्रेल प्यानलैसहित विजयी हुनुभएको छ ।

उहाँले आफ्ना निकटतम् प्रतिद्न्दी नेपाली कांग्रेसका उम्मेदवार सन्तनु रेग्मीलाई ८ सय ६६ मतले पछि पार्दै विजयी हुनुभएको हो । पोख्रेलले १ हजार ९ सय १० मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका वडाअध्यक्ष पदका उम्मेदवार रेग्मीले १ हजार ४४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेका तर्फबाट महिला सदस्य पदका उम्मेदवार तारा कुमारी राय १ हजार ४ सय ६१ मत, दलित महिला सदस्य पदका उम्मेदवार पवित्रा विश्वकर्मा १ हजार ६ सय १६ मत, खुल्ला सदस्य पदका उम्मेदवार भुवनेश्वर राजवंशी १ हजार ५ सय १९ मत र खुल्ला सदस्य पदका अर्का उम्मेदवार मोहम्द अब्बास १ हजार ४ सय १ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

Facebook Comments