Sat. Oct 19th, 2024

विराटनगरको उपमेयरमा नेकपा एमालेका शिल्पा कार्की विजयी

भिओके सम्वाददाता विराटनगर/ २०७९ जेठ ७ गते शनिबार । विराटनगर महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार शिल्पा कार्की विजयी हुनुभएको छ ।

कार्की आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ११ हजार ४ सय ६१ मतले उछिन्दै विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपमेयर पदमा शिल्पा कार्कीले २५ हजार ६ सय ८९ मतसहित विजयी हुनुभएको हो ।

कार्कीका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत प्राप्त गर्नुभएको छ । यद्यपी यादव गठबन्धनका तर्फबाट उपमेयर पदका उम्मेदवार हुनुहुन्थ्यो । मेयर पदमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गर्दा यादवले १४ हजार २ सय १९ मत मात्र प्राप्त गरि हार खानुलाई गठबन्धन भित्रैबाट ठूलो घात भएको राजनीतिकक्षेत्रका विश्लेषकहरुको धारणा रहेको छ ।

राप्रपा का तर्फबाट उपमेयर पदका उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४ सय १ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार१ सय १७ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments