Fri. Oct 18th, 2024

विराटनगरको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला वजयी

भिओके सम्वाददाता विराटनगर/ २०७९ जेठ ७ गते शनिबार । विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनुभएको छ ।

कोइराला आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ८ हजार ७ सय १५ मतले उछिन्दै विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदमा नागेश कोइरालाले ३० हजार १ सय ७० मतसहित विजयी हुनुभएको हो ।

कोइरालाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४ सय ५५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७ सय ९५ मत प्राप्त गर्नुभएको छ भने राप्रपा का उम्मेदवार प्रह्लाद साहले ५ हजार २ सय १६ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments