Fri. Oct 18th, 2024

सुनसरीको इनरुवा नगरपालिकाको मेयरमा कांग्रेसका भण्डारी निर्वाचित

सुनसरी, २०७९ जेठ ५ गते बिहीबार । सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित हुनुभएको छ ।

कांग्रेस उम्मेदवार भण्डारीले निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेललाई २ हजार बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित हुनुभएको हो । भण्डारीले ११ हजार ८२४ मत ल्याउँदा एमालेका पोखरेलले ९ हजार ५३ मत प्राप्त गर्नुभयो ।

यस्तै नगरको उपमेयरमा एमालेकी उम्‍मेदवार सहजादी प्रविन(आलम)लाई २ हजार बढी मतले पराजित गर्दै कांग्रेसकी मेहताले जित्नु भएको हो। मेहताले ११ हजार ४८० मत ल्याउँदा एमालेकी सहजादीले ९ हजार५३७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, उपमेयरमा निर्वाचित मेहताले ११ हजार ४८० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रत्यासी नेकपा एमालेका सहजादी प्रविन (आलम)ले ९ हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।

मेयरमा निर्वाचित भण्डारी नेपाली कांग्रेस सुनसरीका सभापति समेत हुनुहुन्छ । अनलाईन खवर

Facebook Comments