Fri. Oct 18th, 2024

विराटनगरमा नागेश कोइरालाको अग्रता कायमै

मोरङ, २०७९ जेठ ५ गते बिहीबार । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दलको तर्फबाट प्रमुखको पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पाँच हजार ३६१ मतले अग्रता लिनुभएको छ । गठबन्धन दलबाट जनता समाजवादी पार्टी नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव, नेकपा एमालेका उपप्रमुखका उम्मेदवार शिल्पा निराला कार्कीभन्दा सात हजार ४८५ मतले पछाडि पर्नुुभएको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगरबाट आज साँझसम्ममा ६४ हजार २८० मतगणनाको प्राप्त नतिजाअनुसार गठबन्धन दलका तर्फबाट कांंग्रेसका प्रमुखका उम्मेदवार कोइरालाले २० हजार ७९५, नेकपा एमालेका उम्मेदवार सागर थापाले १५ हजार ४३४, स्वतन्त्र उम्मेदवार ९लाल्टिन० का उमेश यादवले छ हजार ४७७ र राप्रपाका प्रल्हादप्रसाद साहले चार हजार १७ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकी कार्कीले १७ हजार ८७९, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १० हजार ३९४, राप्रपाकी विन्दाकुमारी लुर्इंटेल आचार्यले चार हजार ८६६ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले तीन हजार ७८९ मत प्राप्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिका-१५ को वडाध्यक्षमा कांग्रेसका प्रकाश साह एक हजार ८९७ मत ल्याई निर्वाचित हुनुभएको छ । अहिले महानगरका १० वटा वडामा ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १४, को मतगणना भइरहेको छ । सो महानगरपालिकामा अब २५ हजार ३९६ मतगणना गर्न बाँकी रहेको छ ।

Facebook Comments