Fri. Oct 18th, 2024

इलामको माईजोगमाई गाउँपालिका अध्यक्षमा एमालेका कुशबहादुर थेबे निर्वाचित

काठमाण्डौ, २०७९ जेठ ३ गते मंगलबार । इलामको माईजोगमाई गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेबे निर्वाचित हुनुभएको छ ।

थेबेले ५ हजार १३५ मत प्राप्त गर्नुभएको छ। निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट एकिकृत समाजवादीका जीतबहादुरले ४ हजार ९१३ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसकी प्रविना राई ५ हजार १५९ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा भट्टराईले ४ हजार ८८३ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments