Fri. Oct 18th, 2024

युक्रेन-रुस युद्धः रुसी गोलाबारीका कारण शहरबाट निस्कन असम्भव-मारिओपोलका अधिकारीहरू

काठमाण्डौं, २०७८ फागुन २३ गते सोमबार । आइतबार बिहान नयाँ अस्थायी युद्धविरामसहित पुनः सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने प्रयत्न थालेको मारिओपोल सीटी काउन्सिलले पुनः त्यो अवरुद्ध भएको जनाएको छ।

रुसी गोलाबारीका कारण नागरिकहरू सुरक्षित रूपमा निस्कन असम्भव भएको उसले जनाएको छ। पाँच दिनदेखि उक्त युक्रेनी शहरमा खानेपानी र बिजुली प्रवाह रोकिएको छ भने खानेकुरा समेत सकिन लागेको बताइएको छ।

यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले प्रविधि व्यवसायी इलोन मस्कलाई युद्धपछि युक्रेन भ्रमणमा आउन निम्तो दिनुभएको छ ।मस्कले आफू युक्रेन भ्रमणको प्रतीक्षामा रहने बताउनु भयो ।

मस्कले युक्रेनलाई एक ट्रक स्टारलिङ्क इन्टरनेट टर्मिनल पठाउनु भएको थियो जसले उहाँको कम्पनीको स्याटेलाइटमा आधारित सेवामा जोडिन्छन। यो हप्ता उहाँले थप त्यस्ता सामग्री पठाउने बताउनु भयो ।

युक्रेनी सरकार युक्रेनको इन्टरनेट पहुँच निश्चित गर्न र सञ्चार संरचनामाथि रुसी आक्रमणको प्रभाव कम गर्न काम गरिरहेको छ। बीबीसी

Facebook Comments