Fri. Oct 18th, 2024

वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको निधन

काठमाण्डौं, २०७८ फागुन २२ गते आईतबार । वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको निधन भएको छ । लामो समयदेखि नसाको रोगबाट बिरामी पर्नुभएका नेता वर्माको ९३ वर्षको उमेरमा आज निधन भएको हो । केही दिनदेखि उहाँ ह्याम्स अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा आज साँझ सोहि अस्पतामा उहाँको निधन भएको हो । उहाँको अक्सिजनको लेभल कम देखिएको थियो भने फोक्सोमा पनि समस्या देखिएको थियो । छातीको समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका उहाँलाई निमोनिया देखिएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो ।

२००७ सालको राणा विरोधी आन्दोलनमै सामेल कम्युनिष्ट नेता बर्मा २०४६ सालको जनआन्दोलनका एक प्रमुख नेता हुनुहुन्थ्यो । उहाँ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पञ्चायत विरोधी आन्दोलनमा वाम घटकमा सामेल थियो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत सङ्घर्ष गर्दै आउनुभएका वर्मा निष्ठावान् नेता मानिनुहुन्छ । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ । स्वर्गीय कृष्णराज वर्माप्रति हार्दिक श्रद्धाञ्जली ।

Facebook Comments