एमसीसी सम्झौताको विरोधमा भोलि नेपाल बन्द
काठमाण्डौं, २०७८ फागुन ३ गते मंगलबार । एमसीसी सम्झौताको विरोधमा भोलि नेपाल बन्दको घोषणा गरिएको छ । एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका हुन् ।
भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन् ।
मङ्गलबार अपराह्न संयुक्त जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ” MCC कम्प्याक्टले नेपाली राष्ट्रिय स्व्राधिनताको आन्दोलनमा सर्बाधिक रुपमा निम्त्याउने अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध नेपाली जनताले कठार संघर्ष गर्दै आईरहेको छ । जसको परिणाम MCC कम्प्याक्टलाई संसदबाट पारित गराउने विगतका दलाल सरकार र वर्तमान देउवा सरकारको रणनीतिक योजना सफल हुन सकेको थिएन ।
बरु सरकारी गठबन्धन र संसदवादी दल भित्रै नेपाली जनताको MCC कम्प्याक्ट विरोधि संघर्षले पैदा गरेका अन्तर्विरोध एव अवरोधहरुको सामना गर्नु परेको थियो । नेपाली जनताको MCC कम्प्याक्ट बिरोधी संघर्ष र शेरबहादुर देउवा सरकार लगायत अमेरिकी साम्राज्यवादका दलाल एंव MCC कम्प्याक्टका पिछलग्गुहरु ब्रीचको पेचिलो संघर्षको मोर्चाको क्रममा अमेरिकी साम्राज्यवादको हस्तक्षेप ,दवाव एंव धम्की र देउबा सरकार लगायत राष्ट्रघाति एंव जनघाती दलालहरुको आत्मसमर्पणका कारण फागुन ४ गते बोलाइएको संसद वैठकमा ।
MCC कम्प्याक्ट सदनमा टेबुल गर्नेर पारित गर्ने अन्तिम प्रपन् गरी राखेको छन् । उपरोक्त राष्ट्रघाति पड्यन्त्र राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गरी राखेका देशभक्त नेपाली जनतालाई सह्य छैन । MCC कम्प्याक्टलाई खारेज गर्ने सशक्त र उच्च तहको संघर्षको कार्यक्रम अनिवार्य बन्न पुगेको छ ।
हाम्रो राष्ट्रिय स्वाधिनता माथि खतरा निम्त्याउने । MCC कम्प्याक्टका विरुद्द उच्च तहको जुझारु एंव प्रभावकारी संघर्पको कार्यक्रमबाट देउबा सरकार र नेपाली दलालहरुको फागुन ४ गते संसदमा MCC कम्प्याक्ट पेस गर्ने र पारित गर्ने पड्घन्त्रलाई परास्त गर्नु हामी संघर्षरत ५ कम्युनिस्ट पार्टी र १ मोर्चाक्रो आफ्नो कर्तब्य र राष्ट्रिय स्वाधिनताको आन्दोलनको एतिहासिक आवस्यकता ठानेका छौँ । बिषयको यहि गाम्भिर्यतालाई दृष्टिगत गरी फागुन १ गते घोषणा गरियको देशव्यापि विरोध प्रदर्शन र सभा कार्यक्रमलाई गुणात्मक रुपमा विकास गरि तपशिल बमोजिम सार्वजनिक गरेका छौं ।
घोषित कार्यक्रमलाई भव्यरुपमा सफल पारी देउवा सरकारकोMCC कम्प्याक्ट पारित गराउने गुरुयोजनालाई नेस्तनामुद पार्न देशका कम्युनिष्ट क्रान्तिकारी , सच्चा लोकतन्त्रवादीहरु देशभक्त शक्तिहरु मजदुर किसान मध्यम बर्ग राष्ट्रिय उद्यमी, व्यवसायी, विद्यार्थी, बुद्धिजिवी, शिक्षक, व्यापारी, कर्मचारी, सुरक्षा क्षेत्र, साहित्यकार, कलाकार, पत्रकार लगायत सम्पूर्ण राष्ट्रप्रेमी नेपाली जनतामा हार्दिक आव्हान गर्दछौ । ”