Sun. May 19th, 2024

५६ हजार मात्रा कोरोना खोप खेर गएको छानबिन समितिको निष्कर्ष

काठमाण्डौं, २०७८ फागुन ३ गते मंगलबार । कोभिड-१९ विरुद्धको खोप छानविन समितिले प्रतिवेदन बुझाएको छ । नेपालमा करिव २४ लाख खोपको मात्रा हराएको विवरण सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन समिति गठन गरेको थियो । समितिले आज प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा साढे चार लाख बढि खोप भेटिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार नेपालले अहिलेसम्म चार करोड ५७ लाख आठ हजार ६ सय ४० मात्रा खोप प्राप्त गरेकोमा तीन करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा खोप लगाएको छ । त्यस्तै सरकारसँग एक करोड २३ लाख ३७ हजार ६ सय ६५ मात्रा खोप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले प्राप्त खोप र लगाएको संख्या अनुसार मौज्दात खोपको संख्या एक करोड १८ लाख ८२ हजार ३ सय १० हुनुपर्नेमा सरकारसँग चार लाख ५५ हजार ३ सय ५५ मात्रा खोप बढि भेटिएको समितिले जनाएको छ । खाेप बढी हुनुमा समान्यतया दश जनाका लागि पुग्ने भाइलकाे खाेप ११ जनासम्मलाइ पुग्ने गरी लगाएकाे जस्ता कारण रहेकाे उल्लेख छ । साथै ५६ हजार ९ सय ८ मात्रा खाेप खेर गएकाे प्रतिवेदनमा उल्लेख छ । गोरखापत्र अनलाईन

Facebook Comments