Fri. Oct 18th, 2024

पानीमुनि ज्वालामुखी विस्फोटन भएपछि टोङ्गामा सुनामी, ठूलो क्षति भएको अनुमान

काठमाण्डौं, २०७८ माघ ३ गते सोमबार । प्रशान्त महासागरमा पानीमुनि विशाल ज्वालामुखी विस्फोटन हुँदा आएको सुनामीका कारण टोङ्गामा ठूलो क्षति पुगेको विवरण आएको छ। तर सञ्चार सम्पर्क विच्छेद भएकाले उक्त टापुराष्ट्रको अवस्था स्पष्ट हुन सकेको छैन।

राजधानी नुकु’आलोफाबाट झन्डै ६५ किलोमिटर उत्तरमा अवस्थित हुङ्गाटोङ्गा-हुङ्गा हा’आपाई ज्वालामुखी शनिवार विस्फोटन भएको थियो।

उक्त विस्फोटन सयौँ किलोमिटर टाढा रहेको अमेरिकासम्म सुनिएको थियो। ज्वालामुखी विस्फोटन भएपोछि एक मिटरभन्दा अग्लो छालले टोङ्गाको तटीय क्षेत्रमा प्रहार गरेको थियो।

न्यूजील्यान्डले ज्वालामुखी र त्यसले सिर्जना गरेको सुनामीको प्रारम्भिक मूल्याङ्कनका लागि त्यहाँ आफ्नो एउटा विमान पठाएको जनाएको छ।

उक्त विस्फोटनले प्रशान्त क्षेत्रका टापुहरूलाई खरानीले ढाकेको छ भने त्यहाँ विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको छ।

रेडक्रसले बीबीसीलाई बताएअनुसार ज्वालामुखी विस्फोटन भएपछि ८० हजारजति मानिस प्रभावित भएका हुन सक्छन्।

न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले सुनामीले उल्लेख्य क्षति पुर्‍याएको बताएकी छन्। बीबीसी

Facebook Comments