Fri. Oct 18th, 2024

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

काठमाण्डौं, २०७८ पुस १७ गते शनिबार । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२२ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट ९प्रभु यशु० को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२२ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

इस्वी संवत नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भए पनि विगत २ वर्षदेखि कोरोना महामारीको कारण ती स्थानहरुमा मानिसहरुको सामान्य उपस्थिती रहेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि नयाँ वर्षको अवसरमा आयोजना गरिने कार्यक्रमहरु स्थगित गर्न आह्वान गरेको छ ।

Facebook Comments