Thu. Apr 23rd, 2026

ओमिक्रोन र डेल्टा भेरिअन्टले सङ्क्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य सङ्गठनको भनाई

       

काठमाण्डौं, २०७८ पुस १५ गते बिहीबार । डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले बताउनु भएको छ ।

युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू देखा परिरहँदा डा. टेड्रोस एड्हानोम गेहब्रेयससको त्यस्तो भनाइ आएको हो।

अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको सुझाएका छन्। फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु “आँधीजस्तो लहर” भन्नुपर्ने बताउनु भएको छ ।

डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिनु भएको छ । डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भन्नुभयो, “थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।” बीबीसी

Facebook Comments

सम्बन्धित समाचार