Fri. Oct 18th, 2024

नेपाली कांग्रेसमा सभापतिको दोस्रो चरणको मतदान जारी, चार हजार मत खस्यो

काठमाण्डौं, २०७८ मंसिर २८ गते मंगलबार । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज जारी सभापतिमा दोस्रो चरणको मतदान प्रक्रियामा ६: ३० बजेसम्म ४ हजार मत खसेको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव एवम् अधिवक्ता केशव रिजालले हालसम्म करिब ४ हजारको हाराहारीमा मत खसेको जानकारी दिनुभयो । ‘अब ५, ६ सयको मतदान हुन बाँकी छ । हामी समयमै मतदान प्रक्रिया सक्छौं’, रिजालले भन्नुभयो ।

कांग्रेसको दोस्रो चरणमा सभापतिका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको हो । पहिलो चरणमा सभापति पदमा उम्मेदवारी दिनुभएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले प्रधानमन्त्री देउवालाई नै समर्थन गर्नुभएको छ । गोरखापत्र अनलाईन

Facebook Comments