Sat. Oct 19th, 2024

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत मतगणना जारी, शेरबहादुर देउवा १७९८ मत, शेखर कोइराला १४१३ मत

काठमाण्डौं, २०७८ मंसिर २८ गते मंगलबार । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ । विहान सवेरैदेखि थालिएको मतगणना अनुसार यो समाचार तयार पर्दासम्म ३ हजार ७ सय ७९ मतगणना भएको छ । हालसम्म अध्यक्ष पदका उम्मेवार शेरबहादुर देउवाले १ हजार ७ सय ९८ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी शेखर कोइरालाले १ हजार ४ सय १३ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments