नेतृत्व चयनका लागि आज बिहान ४ बजेदेखि मतदान सुरु
- एमालेको दशौँ राष्ट्रिय महाधिवेशन
काठमाण्डौं, २०७८ मंसिर १४ गते मंगलबार। चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सो पार्टीबाट अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र डा. भीमबहादुर रावललेसँगै विधुतीय मतदान गरि मतदान सुरु गर्नुभएको हो ।
पदाधिकारी तथा केन्द्रीय सदस्य सर्वसम्मत चयन हुन नसकेपछि एमालेले मतदानबाटै नेतृत्व चयनको प्रक्रिया थालेको हो । केही पदहरुमा निर्विरोध भए पनि निर्विरोध हुन नसकेका १० वटा पदहरुमा निर्वाचन भैरहेको छ। एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार १० वटा पदमा मात्रै मतदान भैरहेको छ ।
जसमा केन्द्रीय सदस्यका लागि खुला, भौगोलिक र समावेशी समूह गरी ७ वटा पदका र पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा ३ वटा गरी १० वटा पद रहेको छ । अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा हुँदैछ ।