Sat. Oct 19th, 2024

एमालेमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने तयारी तिब्र, पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने जिम्मा अध्यक्ष ओलीलाई

सौराहा, चीतवन, २०७८ मंसिर ११ गते शनिबार । नेकपा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने तयारीलाई तिब्रता दिईएको छ । चितवनको सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट एमालेले सहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिरहेको छ । भख्खरै प्राप्त समाचार अनुसार चालु बन्द सत्रले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

हालसम्म नेता भिम रावलले अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताउनु भएको छ । त्यसैगरी उपाध्यक्षमा लालबाबु पण्डितले उम्मेदवारी घोषणा गर्नु भएको छ भने नेता शेरधन राई र महेश बस्नेत लगायतले सचिव पदमा उम्मेवारी दिने बताउनु भएको छ ।

सिमित पद र धेरै आकांक्षी भएकोले पनि सर्वसम्मत ढंगले नयाँँ नेतृत्व चयन गर्नु वर्तमान अध्यक्ष केपी ओलीलाई फलामको चिउरा चपाउनु सरह हुने पार्टीका कार्यकर्ताहरु बताउँछन् ।

Facebook Comments