Wed. Jun 3rd, 2026

नयाँ युगमा चीन-अफ्रिका सहयोगको श्वेतपत्र सार्वजनिक

       

काठमाडौंं, २०७८ मंसिर १० गते शुक्रबार । चीनको राज्य परिषदको प्रेस कार्यालयले २६ तारिख नयाँ युगमा चीन-अफ्रिका सहयोगको श्वेतपत्र सार्वजनिक गरेको छ।

श्वेतपत्रले चीन विश्वमा सबैभन्दा ठूलो विकासोन्मुख मुलुक रहेको र अफ्रिका विकासोन्मुख मुलुकहरूको महादेश रहेको उल्लेख गर्दै उस्तै ऐतिहासिक घटना र साझा ऐतिहासिक मिशनले चीन र अफ्रिकालाई बाँधेकोले दुई पक्ष भाग्य समुदाय बनेको व्यक्त गरेको छ।

श्वेतपत्र अनुसार, अफ्रिकी मुलुकसँग एकताबद्ध सहयोगको विकास गर्नु नै चीनको वैदेशिक नीतिको महत्वपूर्ण आधार हो साथै चीनको दीर्घकालीन रूपमा अडिग रहेको रणनीति पनि हो।

श्वेतपत्रले चीन र अफ्रिकाले आपसी उच्च विश्वास गरेको भन्दै दुई पक्षले परम्परागत मित्रता, आपसी हितयुक्त सहयोग, साझा हितको संरक्षण गर्न बेल्ट एण्ड रोडलाई व्यावहारिक रूपमा अघि सारी चीन-अफ्रिका चौतर्फी रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई उकास्ने र चीन-अफ्रिका सहयोगको असल भविष्य बनाउने व्यक्त गरेको छ।

Facebook Comments