Fri. Nov 15th, 2024

नेदरल्यान्ड्समा लागु गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन

काठमाण्डौ, २०७८ मंसिर ५ गते आईतबार । युरोपमा कोभिड-१९ सङ्क्रमण बढ्न थालेसँगै नेदरल्यान्ड्समा लागु गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भएको छ। हेगमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आगो फ्याँकेका थिए। उनीहरूले साइकलहरू पनि जलाइदिए।

अघिल्लो रात रोटरड्याममा भएको कोभिड प्रतिबन्ध विरोधी प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको थियो। अस्ट्रिया, क्रोएशिया अनि इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढिरहेको कोरोनाभाइरस सङ्क्रमणका कारण आफू ”निकै चिन्तित” रहेको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लुग्अले युरोपभर प्रतिबन्धात्मक व्यवस्थाहरू कडा नपारिए आगामी वसन्तसम्ममा थप ५००,००० मानिसको मृत्यु हुनसक्ने बताउनु भयो । बीबीसी

Facebook Comments