Sat. Oct 19th, 2024

अमेरिकी सहायक विदेशमन्त्री लू र एमाले अध्यक्ष ओलीबीच भेटघाट, एमसीसीबारे लु को चासो

काठमाण्डौं, २०७८ मंसिर ३ गते शुक्रबार । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच आज शिष्टाचार भेटघाट भएको छ । सो भेटमा सहायक विदेशमन्त्री लूले एमसीसी के हुन्छ भनि ओलीलाई जिज्ञासा राख्नु भएको थियो ।

एमाले नेता राजन भट्टराईका अनुसार उक्त प्रश्नको जवाफमा अध्यक्ष ओलीले एमसीसीबारे सरकारले आफ्नो दलसँग अहिलेसम्म कुनै परामर्श नगरेको भन्दै यसबारे ठोस धारणा नबनाएको बताउनु भयो ।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको सो भेटमा विदेशमन्त्री लूले अमेरिकी सहयोग निरन्तर जारी रहने भन्दै नेपाललाई थप नयाँ क्षेत्रमा पनि सहयोग गर्न चाहेको जानकारी ओलीलाई गराउनुभएको थियो ।

अध्यक्ष ओलीले कोभिड-१९ लगायत स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासको क्षेत्रमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिनु भएको बताइएको छ ।

Facebook Comments