Sat. Oct 19th, 2024

चीन र अमेरिकाबीच जलवायु सहकार्यलाई तीव्रता दिने आश्चर्यजनक सहमति

काठमाण्डौं, २०७८ कात्तिक २५ गते बिहीबार । चीन र अमेरिकाले ग्लास्गोमा आयोजित कोप २६ जलवायु सम्मेलनमा एउटा आश्चर्यजनक घोषणा गर्दै आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन्।

विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्ना कामलाई तीव्रता दिने उल्लेख गरिएको एउटा दुर्लभ संयुक्त वक्तव्य जारी गरेका छन्। सो वक्तव्यले प्यारिस सम्झौताले तय गरेको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न ‘उनीहरूको सहकार्यको दृढ बाचालाई स्मरण’ गरेको जनाएको छ।

उनीहरूले उक्त लक्ष्य भेट्नका लागि रहेका ‘उल्लेख्य खाडलहरू’ पुर्ने प्रयासहरू बढाउने बताएका छन्। चीनका मुख्य जलवायु वार्ताकार सी चिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा “चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको” बताउनु भएको छ ।

बीबीसी चिनियाँ सेवाकी चो यीन फङ्गले यस वक्तव्यसँगै चिनियाँ राष्ट्राध्यक्ष ग्लास्कोमा उपस्थित नभए तापनि सम्मेलनमा मुख्य भूमिका निर्वाह गरेको देखाउने पैचिंगको व्यग्रता देखिने बताउनु हुन्छ ।

पछिल्ला १० महिनामा झण्डै ३० भर्चुअल बैठकहरू गरेपछि त्यस्तो वक्तव्य आएको बताइएको छ। जुन गतसाता राष्ट्राध्यक्ष बाइडन र चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिंग ग्लास्कोमा नआएर “जलवायु सङ्कटबाट भागेको” भन्ने अभिव्यक्तिसँग अमिल्दो देखिन्छ।

अमेरिकी जलवायु मामिला दूत जोन केरीले अमेरिका र चीनबीच “असहमतिका अभाव नभएको तर जलवायुमा सहकार्य मात्रै यो काम गर्ने एकमात्र बाटो भएको” बताउनु भयो । बीबीसी

Facebook Comments