Sat. Oct 19th, 2024

राष्ट्रपति भण्डारीद्वारा अस्ताउँदो सूर्यलाई अध्र्य दिई छठीमाताको पूजा

काठमाण्डौं, २०७८ कात्तिक २४ गते बुधबार । छठ पर्वको पावन अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाईको पूजा अर्चना गर्नुभएको छ । उहाँले आज साँझ कमलपोखरी र गौरीघाट पुगेर अस्ताउँदो सूर्यलाई अध्र्य दिई छठीमाईको पूजा आराधना गर्नुभएको हो ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अध्र्य दिएर पूजा आराधना गरियो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्य देवको राधना, उपासना र पूजा गरिन्छ । यो पर्व सोमबारदेखि शुरु भएको हो ।

Facebook Comments