Sat. Oct 19th, 2024

काँग्रेस कार्यवाहक सभापतिको जिम्मा निधिलाई

काठमाण्डौं, २०७८ कात्तिक १२ गते शुक्रबार । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मा उपसभापति विमलेन्द्र निधिलाई दिनु भएको छ ।

सभापति देउवा World Leaders Summit during the 26th Conference of Parties (COP 26) of the UN Framework Convention on Climate Change मा सहभागी हुन बेलायत प्रस्थान गर्नु भएकोले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि पार्टीका उपसभापति निधिलाई कार्यवाहक सभापति तोक्नु भएको विज्ञप्तिमा जनाइएको छ  ।

Facebook Comments