Tue. Apr 21st, 2026

यस वर्ष चीनको आर्थिक तथा सामाजिक विकास लक्ष्य पूरा हुने

       

काठमाण्डौं, २०७८ कात्तिक २ गते मंगलबार । चीन सरकारले अक्टोबर १८ तारिख यस वर्षका अघिल्ला तीन त्रैमासिक राष्ट्रिय आर्थिक संचालन तथ्याङ्क सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्क अनुसार, अघिल्ला त्रैमासिक अवधिमा चीनको जीडीपी ८२३ खर्ब १३ अर्ब १० करोड चिनियाँ युआन पुगेको छ भने तुलनात्मक मूल्यमा गणना गर्दा गत वर्षको सोही अवधिको तुलनामा ९.८ प्रतिशतले बृद्धि भएको छ। उपभोग, औद्योगिक उत्पादन, अचल सम्पत्तिमा लगानी, रोजगार, सर्वसाधारणको आयलगायत तथ्याङ्कबाट हेर्दा अघिल्ला तीन त्रैमासिकका मुख्य समष्टि अनुक्रमण उचित अन्तरालमा रहेको छ जसबाट चीनको अर्थतन्त्रले विभिन्न संकटको प्रतिरोध गरी स्थिर पुनर्रूत्थान गरेको छ र आर्थिक बृद्धि दर विश्व मुख्य आर्थिक समूहको अझै अग्रस्थानमा रहेको देखिएको छ।

तेस्रो त्रैमासिक अवधिमा प्रवेश भएपछि चीनको अर्थतन्त्रसमक्ष आन्तरिक तथा विदेशी चुनौति बढेको देखिएको छ। चीनका केही क्षेत्रमा महामारी देखिएको, विश्व आर्थिक पुनःरूत्थान ढिलो भएको, बल्क कमोडिटी मूल्य उच्च रहेको र गत वर्षको आधारभूत सूची उच्च भएकाले तेस्रो त्रैमासिक अवधिमा चीनको आर्थिक बृद्धि दर अलि ढिलो भएको छ। समस्त वर्षबाट हेर्दा यस वर्षको आर्थिक तथा सामाजिक विकास लक्ष्य पूरा हुने चीनको क्षमता र शर्त रहेको सामान्य ठहर रहेको छ। वालस्ट्रिट दैनिक अखवारले अक्टोबर १८ तारिख एक लेख प्रकाशित गरी यस वर्ष चिनियाँ आर्थिक बृद्धि दर ६ प्रतिशत पुग्ने लक्ष्य पूरा हुनेबारे अर्थशास्त्रीले सामान्यतया आशावादी धारणा लिएको उल्लेख गरेको छ। यसपछि चीनले राम्रोसित आर्थिक पुनःरूत्थानको हरेक पाइला हिड्नुपर्छ। बजारको जैविक शक्ति, विकास प्ररणा, घरेलु मागको सम्भावनालाई बढाएर यस वर्षको विकास लक्ष्य पूरा गर्न निश्चित हुनुपर्छ। साथै चीनको सुधार तथा खुलापनलाई गहन पारेसँग अझ खुला चीनले विश्वसँग अरू बढी फाइदा पुर्‍याउनेछ। सीआरआई

Facebook Comments