Wed. Sep 25th, 2024

जापानसँगको सम्बन्धमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको जोड

काठमाण्डौं, २०७८ असोज २३ गते शनिबार । अक्टोबर ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा जापानी प्रधानमन्त्री फुमिओ किशिदाबीच टेलिफोनवार्ता भएको छ। टेलिफोनमा राष्ट्राध्यक्ष सीले भन्नुभएको छ, ‘जापानसँगको वार्ता तथा सहयोगको प्रवर्द्धन गर्दै नयाँ युगसँग अनुकूल चीन-जापान सम्बन्धको निर्माणलाई अघि बढाउने इच्छा चीनले लिएको छ। आउने वर्ष चीन-जापान सम्बन्ध साम्यानीकरण भएको ५० औं वार्षिकोत्सव हो र एउटै दिशातिर उन्मुख दुवै पक्षले आपसी सम्बन्धको विकास गर्ने नयाँ भविष्य सिर्जना गर्ने अपेक्षा चीनले गरेको छ।’

टेलिफोनमा जापानी प्रधानमन्त्री फुमिओ किशिदाले भन्नुभएको छ, ‘वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिमा पारस्परिक सम्बन्ध नयाँ युगमा प्रवेश भइरहेको छ। यसै घडीमा जापानले चीनसँग युगसँग अनुकूल रचनात्मक तथा स्थिर आपसी सम्बन्ध स्थापना गर्ने इच्छा गरेको छ। साथै आर्थिक सहयोग तथा गैर सरकारी आदानप्रखानमा निरन्तरता दिँदै महामारी प्रतिरोध तथा जलवायु परिवर्तन लगायत महत्वपूर्ण अन्तर्राष्ट्रिय विषयबारेमा घनिष्ट सम्पर्क तथा सहयोग राख्ने आशा जापानले गरेको छ।’

टेलिफोन वार्तामा समय निकै महत्वपूर्ण आदानप्रदान हो भन्ने कुरामा दुवै पक्ष सहमत भएका छन्। विविध किसिमका सम्पर्क र अन्तर्क्रिया राख्दै आपसी सम्बन्धको सही विकास दिशातिर जान मार्गनिर्देशन गर्ने कुरा पनि दुई पक्षले जनाएका छन्। सीआरआई

Facebook Comments