Wed. Sep 25th, 2024

यस वर्षको अन्त्यअघि चीन र अमेरिकाका राष्ट्रनायकबीच भिडियो वार्ता गर्नेबारे छलफल

काठमाण्डौं, २०७८ असोज २३ गते शनिबार । चीन र अमेरिकाका राष्ट्रनायकबीच फोन वार्ताको सहमतिलाई व्यवहारमा उतार्नका लागि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवं केन्द्रीय वैदेशिक मामिला समिति कार्यालयका प्रमुख याङ चेछ र अमेरिकी राष्ट्रपतिका लागि राष्ट्रिय सुरक्षा मामिलासम्बन्धी सहायक ज्याक सुल्लिभानले यही वर्षको अन्त्यअघि राष्ट्रनायकबीच भिडियो वार्ता गर्ने विषयबारे छलफल गर्नुभएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले अक्टोबर ८ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, दुई पक्षले चीन र अमेरिका सम्बन्ध र साझा चासो अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे चौतर्फी, निष्कपट तथा गहिरो रूपमा वैचारिक आदानप्रदान गरेका छन्।

यो वार्ताबारे टिप्पणी र वार्तापछि दुई देशबीचको सम्बन्ध दृष्टिकोणबारे प्रवक्ता चाउले वार्ता रचनात्मक भएर आपसी बुझाइलाई बढाउन सहयोगी भएको विचार व्यक्त गर्नुभएको छ।  सीआरआई

Facebook Comments