Wed. Sep 25th, 2024

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टादेवीको पूजा गरिँदै

काठमाण्डौं, २०७८ असोज २३ गते शनिबार । बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टादेवीको पूजा गरि मनाइँदै छ ।

काठमाण्डौको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी, विराटनगरको कालीमन्दीर, सप्तरीको छिन्नमस्ता तथा सखडा भगवती, भोजपुर र संखुवासभाको सिद्धकाली, धरानको दन्काली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना लगायत देशैभरका शक्तिपीठहरुमा दर्शनार्थीको भीड लाग्ने लागेको छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण आज पूजिने देवीलाई चन्द्रघण्टा भनिएको मानिन्छ ।

धार्मिक मान्यता अनुसार चन्द्रघण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूत प्रेत शक्तिबाट उन्मुक्ति पाउँछन् भन्ने विभिन्न शास्त्रमा उल्लेख छ । बडा दशैंको चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Facebook Comments