Wed. Sep 25th, 2024

बल्ल पायो मन्त्रीपरिषद्ले पूर्णता

- नवनियुक्त १६ जनामन्त्री र २ जना राज्यमन्त्रीद्वारा सपथ ग्रहण

काठमाण्डौं, २०७८ असोज २२ गते शुक्रबार । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बल्ल तल्ल पूर्णता पाएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रधानमन्त्री शेरबाहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकाे नेतृत्वमा सरकार गठन भएकाे ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएकाे हाे ।

यसैबीच नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नियुक्त भएका १६ मन्त्रीलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

यस्तै आजै नियुक्त भएका दुई राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

मन्त्रीहरुको कार्यविभाजन यस प्रकार रहेको छ ।

क्र.सं.   नामथर पदनाम कार्यविभाजन
1. श्री राजेन्द्रप्रसाद श्रेष्ठ मन्त्री सङ्‍घीय मामिला तथा सामान्य प्रशासन
2. श्री विरोध खतिवडा मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या
3. डा. मीनेन्द्रप्रसाद रिजाल मन्त्री रक्षा
4. श्री उमाकान्त चौधरी मन्त्री खानेपानी
5. श्री रेनुकुमारी यादव मन्त्री भौतिक पूर्वाधार तथा यातायात
6. श्री प्रेम बहादुर आले मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
7. श्री दिलेन्द्रप्रसाद बडू मन्त्री कानुन, न्याय तथा संसदीय मामिला
8. श्री देवेन्द्र पौडेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
9. श्री महिन्द्र राय यादव मन्त्री कृषि तथा पशुपन्छी विकास
10. श्री उमा रेग्मी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
11. श्री शशी श्रेष्ठ मन्त्री भूमि व्यवस्थासहकारी तथा गरिबी निवारण
12. श्री रामकुमारी झाक्री मन्त्री सहरी विकास
13. श्री गजेन्द्रबहादुर हमाल मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
14. श्री रामसहाय प्रसाद यादव मन्त्री वन तथा वातावरण
15. श्री कृष्णकुमार श्रेष्ठ मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
16. श्री महेश्‍वरजंग गहतराज मन्त्री युवा तथा खेलकुद

साथै सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूसमक्ष देहाय बमोजिमका नवनियुक्त माननीय राज्यमन्त्रीज्यूहरूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

क्र.सं.   नामथर पदनाम कार्यविभाजन
1 श्री भवानीप्रसाद खापुङ राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्‍या
श्री बोधमायाकुमारी यादव राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

Facebook Comments