Wed. Sep 25th, 2024

नेपाली काँग्रेसले यस पटक चियापन समारोह नगर्ने

काठमाण्डौं, २०७८ असोज २२ गते शुक्रबार । नेपाली काँग्रेसले हरेक वर्ष दशैं, तिहार र छठ पर्वको अवसरमा कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस पटक नगर्ने भएको छ ।

काँग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा बिहीबार जारी विज्ञप्तिमा कोरोना महामारीबाट बच्न सबैले उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ । ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरे पश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन ।

खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो । महामारीमाथि विजय हासिल गर्न हामी चाँडै नै सफल हुनेछौं भन्ने विश्वासका साथ नेपाली कांग्रेस बडा दशै, तिहार, नेपाल सम्वत् र छठपर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।’, काँग्रेसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments