Wed. Sep 25th, 2024

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्नु हुने, सुदन किराँती र अमनलाल मोदीको नाम आएन

काठमाण्डौं, २०७८ असोज २० गते बुधबार । नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटीकाे बैठकले तीनजना मन्त्री र एकजना राज्यमन्त्रीकाे नाम टुंगो लगाएको छ ।

माओवादी केन्द्रका नेता देबगुरुङका अनुसार माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने हुनु भएकाे भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । उहाँहरुले पाउने मन्त्रालयको भने टुङ्गो नलागेको उहाँले बताउनुभयो।

यसअघि सो पार्टीबाट मन्त्री बन्ने प्रवल दावेदार भनिएका भोजपुरका सांसद सुदन किराँती, मोरंगका सांसद अमन लाल मोदी , शिव कुमार मण्डल र पार्टीका प्रभावशाली नेता हरिबोल गजुरेलको कतै पनि नाम आएको देखिएन ।

Facebook Comments