Wed. Sep 25th, 2024

तेह्रौं चीन अन्तर्राष्ट्रिय एभिएसन तथा एरोस्पेस एक्स्पो सम्पन्न

काठमाण्डौं, २०७८ असोज १८ गते सोमबार । तेह्रौं चीन अन्तर्राष्ट्रिय एभिएसन तथा एरोस्पेस एक्स्पो भव्य रुपमा सम्पन्न भएको छ। अक्टोबर ३ तारिखका दिन सम्पन्न यस पटकको एक्स्पोमा विश्वका लगभग ४० वटा मुलुक तथा क्षेत्रका ७०० वटा कम्पनीहरूले अनलाइन र अफलाइनको रूपमा भाग लिएका छन्। पहिलो पटक निर्देशित नयाँ उत्पादित वस्तु कूल निर्देशित वस्तुको २५ प्रतिशतभन्दा बढी भएको छ।

६ दिनसम्म चलेको सो एक्स्पोमा भाग लिएका सर्वसाधारणको संख्या १.२ लाख भएको बताइएको छ। सो एक्स्पोको ध्यानाकर्षणहरूमध्येको एक चिनियाँ वायु सेनाको उडान प्रदर्शन हो।

थाहा भए अनुसार, चौधौं चीन अन्तर्राष्ट्रिय एभिएसन तथा एरोस्पेस एक्स्पो सन् २०२२को नभेम्बर ८-१३सम्म चुहाइ शहरमा आयोजना हुने भएको छ। सीआरआई

Facebook Comments