Mon. Jun 22nd, 2026

नेकपा एमालेले सर्वदलीय बैठक बहिष्कार गर्ने

       

काठमाडौं, २०७८ असोज १४ गते बिहीबार । नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने बताएको छ । संसदको गतिरोध अत्य लगायतका विविध विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहीबार बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको छ । तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिनुभयो ।

आफूहरूले कारबाही गरेका १४ जना सांसदको सूची टाँस नगरेको र पार्टी विभाजन गर्न सभामुख सापकोटाले भूमिका निर्वाह गरेको आरोप एमालेले लगाइरहेको छ। वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असमति रहेकोले बैठकमा नजाने भट्टराईले बताउनु भयो ।

Facebook Comments